समाचार

डा. केसी समर्थकद्वारा काठमाडाैँमा प्रदर्शन

Banner

काठमाडौँ, असोज २४—

सत्याग्रहमा रहेका डा. गाेविन्द केसीको पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ ।

साेलिडारिटी फर गोविन्द केसीको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो। अलायन्सले मुलुकका विभिन्न ठाउँमा पनि प्रदर्शन जारी राखेकाे छ ।

प्रदर्शनकारीले डा. केसीका माग पूरा गरेर उनको जीवन रक्षा गर्न माग गरिएका प्लेकार्ड बोकेका छन् ।

डा. केसी १९ औँ सत्याग्रहमा बसेको बुधबार २७ दिन भयो । सरकार र गोविन्द केसीको तर्फबाट वार्ता टोली गठन भएको छ । वार्ता भए पनि सहमतिमा पुग्न सकेको छैन ।

यसैबीच शिक्षामन्त्री पोखरेलले डा. केसीका मागहरुबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न सरकारी वार्ता टोली लिएर बालुवाटार गएका छन् ।

माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै?’ लगायतका नारा लगाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>