प्रवास

स्पेनमा साझा सद्भाव राष्ट्रिय कमिटी गठन

Banner

स्पेन, असोज २३–

स्पेनमा साझा सद्भभाव राष्ट्रिय कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा दिपक मरह्टा चयन भएका छन् ।

यस्तै सह–संयोजकमा सुनिता कुवँर, प्रवक्तामा पुष्प धिताल, सचिवमा रिसब कोईराला, सह–सचिवमा राम सिलवाल, संचार संयोजकमा प्रकाश पौड्याल, कोषाध्यक्षमा विमलराज अधिकारी चयन भएका छन् ।

यस्तै केन्द्रीय सदस्यमा हिमलाल गौतम, केशव रिजाल, शक्ति तामाङ, राजेश बुढाथोकी चयन भएका छन् ।

युरोप महादेसिय संयोजक एस के श्रेष्ठको सहकार्यमा लगातार एक महिना भन्दाबढिको आन्तरिक छलफल पश्चात कमिटी गठन गरिएको हो । यसभन्दा अगाडि आयरलैंड र पोर्चुगलमा राष्ट्रिय समिति गठन भएको छ।

श्रेष्ठले यूरोप महादेशीय संयोजक बनेको एक महिना भित्रमा ३ देशमा राष्ट्रिय समिती गठन गरि सकेका छन् । यूरोपमा ७ देशमा राष्ट्रय समिति बनेको उनले जानकारी दिए । अन्य देशमा पनि गठन प्रक्रिया अगाडि बढाईएको बढेको श्रेष्ठले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को कारणले प्रत्यक्ष भेटघाट गर्न नमिलेपछि भर्चुअल मिटिङबाट राष्ट्रिय समिति घोषणा गरिको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>