समाचार
वीपी कोइराला प्रतिष्ठानमा कोरोना भाइरसबाट संक्रमित युवाको मृत्यु
०

मोरङ, असोज २२-
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ३९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका १० का पुरुषको बिहीबार बिहान करिब साढे चारबजे मृत्यु भएको हो ।
प्रतिष्ठानको कोभिड १९ अस्पतालमा अशोज १३ गते भर्ना भएका बिरामीमा क्षयरोगसँगै कलेजो र मृगौलामा समेत समस्या रहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनमा अशोज १२ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























