क्रिकेट
आइपीएलः चेन्नाईको फेरि अर्को हार
०

काठमाडौं, असोज २२–
युएईमा जारी इण्डियन प्रीमियर लीग (आइपीएल) क्रिकेट अन्तरगत साविक उपविजेता चेन्नाई सुपर किंग्सले फेरि अर्को हार व्यहोरेको छ । गयराति भएको खेलमा कोलकता नाइट राइडर्ससंग १० रनले पराजित हुँदै चेन्नाइले चौथो हार व्यहोरेको हो ।
कोलकताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नाई ५ विकेटको क्षतिमा १५७ रन मात्रै जोड्न सक्यो । चेन्नाइका लागि सेन वाट्सनले ५०, अम्बाती रायडुले ३० रनले बनाए । रविन्द्र जडेजाले अविजित ८ बलमा २१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
यसअघि राहुल त्रिपाठीको ८१ रनको मद्धतमा कोलकताले १६७ रन बनाउन सफल भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























