चितवन विशेष

वक्तृत्वकला प्रतियोगितामा अर्किड स्कुलकी छात्रा निरभिका पहिलो

Banner

भरतपुर, असोज २१-

चितवनको कालिका एफएमको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा अर्किड स्कुल भरतपुरका निरभिका आचार्य पहिलो हुनु भएको छ ।

२०० पूर्णाङमा निरभिकाले १३५ अंक ल्याउनुभएको छ । अनलाइन कक्षा र यसको प्रभावकारिता विषयमा वक्तृत्वकला गरिएको थियो । उहाँले विद्यालय जान नपाएका विद्यार्थीलाई अनलाइन कक्षाले सघाएको बताउनुभयो । अनलाइनको पहुँच नभएका क्षेत्रमा रेडियो, टिभिमार्फत कक्षा चलाउन सके विद्यार्थी लाभान्वित हुने बताउनुभयो । प्रतियोगितामा नारायणी नमुना माविका संहिता आचार्यले १३४ अंक ल्याएर दोस्रो, सनराइज स्कुलका श्रीया सुवेदी १३२ अंक ल्याएर तेस्रो र एपेक्स स्कुलकी दिव्या सुवेदीले ११२ अंक ल्याएर सान्त्वना स्थानमा पर्नुभएको छ । विजयी सबैलाई वार्षिकोत्सव समापनका दिन पुरस्कृत गरिने जनाइएको छ ।

अनलाइन कक्षा र यसको प्रभावकारिता विषयक वक्तृत्वकला प्रतियोगितामा चितवन, नवलपुरलगायतका जिल्लाबाट विद्यार्थी सहभागी थिए । सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । निर्णायकका रुपमा लक्ष्मी मावि लंकुका सहप्राचार्य हरिप्रपन्न शर्मा र विश्वप्रकाश माविका शिक्षक नारायण सापकोटा हुनुहुन्थ्यो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै चैत ११ देखिनै शिक्षण संस्था बन्द छन् । विद्यालयले अनलाइन कक्षा चलाउँदै आएका छन् । विद्यार्थीले घरमै बसेर अनलाइन मार्फत् कक्षा लिन थालेका छन् । तर, सबै विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । विद्यार्थीले इन्टरनेटको पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सनराइज स्कुलकी विद्यार्थी श्रीया सुवेदीले सबै विद्यार्थीले सहजै अनलाइन शिक्षा लिने वातारण बनाउनुपर्ने बताउनुभयो । उहाँले अनलाइन कक्षा खर्चिलो नभए पनि इन्टरनेट तथा प्रविधिको अभावमा पढ्नबाट बञ्चित भएका विद्यार्थीलाई समेत अनलाइन शिक्षा दिन आवश्यक सहयोग गरिनुपर्ने बताउनुभयो ।

ओमशान्ति एकेडमीका विद्यार्थी चेतना अधिकारीले अनलाइनको पहुँचमा सबै विद्यार्थीको पहुँच पु¥याउन सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले अनलाइन कक्षा चलाउने शिक्षकलाई समेत तालिम दिनुपर्ने धारणा राख्नुभयो । जनजीवन मावि माडीका विद्यार्थी प्रतिक आचार्यले हरेक विद्यार्थीलाई निःशुल्क इन्टरेनट सुविधा दिनुपर्ने बताउनुभयो । उहाँले इन्टरनेट पहुँच विस्तार गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । एपेक्स एकेडमीका विद्यार्थी दिव्या सुवेदीले घरमै बसेर मोबाइल तथा ल्यापटपबाट पढ्न पाउने विधिलाई निरन्तरता दिइनुपर्ने बताउनुभयो ।

चितवन माविका विद्यार्थी संगम घिमिरेले सुनौलो भविष्य अनलाइन कक्षामा निर्भर रहेकाले देशभरका सबै विद्यार्थीलाई अनलाइनको सुविधा मिलाउनुपर्ने बताउनुभयो । वक्तृत्वकलामा सहभागी विद्यार्थीले अनलाइन कक्षा प्रभावकारी भए पनि सबैको पहुँचमा नपुगेको दुःखेसो पोखेका थिए । शैक्षिक सत्र खेर जान नदिन बेलैमा ग्रामीण भेगका विद्यार्थीले पनि सजिलै अनलाइन कक्षाहरु लिनसक्ने पूर्वाधार विकास हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>