Breaking News

झन्झन् बिग्रदै डाक्टर केसीको स्वास्थ्य अवस्था

Banner

काठमाडौं, असोज २१-

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ। उनलाई बेलाबेला अक्सिजन दिइएको छ ।

चिकित्सकहरूले बुधबार बिहान डाक्टर डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन् । रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ ।

यसअघि अनसन बसेका बेला डाक्टर केसीलाई इलेक्ट्रोलाइटस् दिने गरिएको भए पनि यसपटक उनले त्यसलाई अस्वीकार गरेका छन् । उनलाई नर्मल स्लाइन पानी दिइएको छ ।

यस्तै केसीको मुटुको धड्कन अनियमित, शरीरमा थकान, रिंगाटा लाग्ने, मांसपेशी दुखाइको समस्या रहेको चिकित्सकहरूले बताएका छन् ।

केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>