समाचार

साझा पार्टीले सरकारलाई भन्यो – डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य भारी पर्छ

Banner

काठमाडौं, असोज १९-

साझा पार्टीले सरकारी वेवास्ताले अनशनरत डा. गोविन्द केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी दिएको छ ।

साझा पार्टीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसपटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन । ‘कुचोले बढार्नु पर्ने कसिंगर, हावाले उडाएर लैजाओस्’ भने झैँ रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’

जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘ डा. केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्‍यो । होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्‍यो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>