समाचार
डेढ महिनापछि खुल्यो तातोपानी नाका, १२ कन्टेनर सामान भित्रिए
०

सिन्धुपाल्चोक, असोज १९—
उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । डेढ महिनादेखि ठप्प रहेको तातोपानी नाका असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् ।
नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























