चितवन विशेष
भरतपुर अस्पतालमा उपचाररत कारोना संक्रमितको मृत्यु
०

चितवन,असोेज १७-
चितवनमा थप एक कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा नवलपुर विनय त्रिवेणी गाँउपालिका २ दुम्किबासका ३६ बर्षिय पुरुषको आज अपरान्ह ४ः५० बजे मृत्यु भएको हो ।
स्वासप्रश्वास र कलेजो सम्बन्धि समस्या रहेका उहाँको अस्पतालको कोभिड आइसियूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँ आज दिउसो १२ बजे कोरोना संक्रमण सहित अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई असोज १३ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्दै आउनुभएको थियो । उहाँले लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेको अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























