समाचार
नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले चढ्यो ६११९ मिटर अग्लो लोबुचे हिमाल
०

काठमाडौं, असोज १७-
बहराइनका राजकुमारसहितको टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । कोरोनाको महामारीका कारण यो नै २०२० को पहिलो आरोहण हो ।
नेपाल भ्रमणमा रहेको राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा लोबुचे हिमालको सफलता पूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
हिमाल आरोहणका लागि भदौ ३१ गते काठमाडौं आएको राजकुमार खलिफासहितको १५ सदस्यीय टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको थियो।
लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























