समाचार
गगन थापा भन्छन् – सरकारलाई डा. केसीको होइन, कसलाई मन्त्री बनाउने भन्ने चिन्ता छ
०

काठमाडौं, असोज १७-
गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नुपर्ने बेला आएको नेपाली कांगेसका नेता तथा सांसद गगन थापाले बताएका छन् ।
२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि सरकारले वास्ता नगरेको भन्दै उनले नागरिक तहबाट उनको जीनव रक्षाको पहल गर्नुपर्ने बताएका हुन्।
उनले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवनरक्षाको भन्दा बढी कसलाई सांसद र मन्त्री बनाउने भन्ने चिन्ता रहेको उनले आरोप लगाए।

उनले भने ‘२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ। सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने। त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा. केसीको जीवन रक्षा गर! सहमतिको पालना गर!’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























