समाचार

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो, पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

Banner

काठमाडौँ, असोज १५-

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नाघेको छ ।पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीका ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, ललितपुरका ४८ वर्षीय पुरुष, बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>