समाचार

मन्त्री ज्ञवालीले डा . केसीलाई भने – अनशन फिर्ता गर्नु

Banner

काठमाडौं, असोज १५-

डा. गोविन्द केसी अहिले १९ औँ अनशनमा बसिरहेका छन ।

डा. केसीलाई सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा डा। केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका छन्।

पछिल्लो समय आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा शिक्षा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्‍याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने डा. केसीका माग छन् ।

आठ दिनसम्म जुम्लामा अनशन बसेका डा. केसी गएको बुधवारयता काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन् । उनको स्वास्थ्य स्थिति खस्किँदै गएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>