समाचार
उपत्यकाभित्र जोर-बिजोरमा कडाई, उल्लंघन गर्ने सवारी नियन्त्रणमा
०

काठमाडौं, असोज १५-
कोरोना हटस्पट उपत्यकामा जोरबिजोरको बेवास्ता गर्दै सवारीको चाप अत्यधिक बढ्न थालेपछि ट्राफिक प्रहरीले थप कडाइ गरेको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यका भित्र जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाई गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाईका साथ चेकजाँच गरिरहेको छ ।
सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीले चेकजाँचका लागि ४५ स्थानमा चेक प्वाइन्ट खडा गरेको छ । यसअघि भन्दा करिब डेढ दर्जन स्थानमा चेकप्वाइन्ट बढाएको थियो ।
नियमअनुासर जोरविजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























