विचार/ब्लग

वृद्धवृद्धाबारे के तपाइँलाई थाहा छ ?

Banner

विमर्श घिमिरे

नेपालमा पढ्न लेख्न जान्ने, उच्च शिक्षा पाएका विद्वान बुद्धिजीवी भनिने मानिसहरु समेतले आफ्नो वृद्ध भएका बुबा आमालाई हेप्ने, कुट्ने, अशुद्ध शब्द बोल्ने, माया नगर्ने चलन छ । यो काम पढाइ लेखाइ नगरेका मानिसहरुमा पनि उस्तै हुन्छ ।

के तपाइँलाई थाहा छ ?

ठिक विपरित हुन्छ !

(१–२१ वर्ष उमेरका)                      (८०–१०० सम्म उमेरका )

  • जसरी १८ देखि २१ भित्रका बयस्कमा जोश शक्ति आएर राम्रो परिपक्क सोच, आफैले निर्णय गर्ने सोच , बललगायत हुन्छ । त्यसरी नै उल्टोतिर ७९–८० पुगेका वृद्धवृद्धामा काम गर्ने जोश, शक्ति हराएर राम्रो परिपक्क सोच हराएर, आफँैले निर्णय गर्न सोच हराएर जान्छ र बल कम हुन्छ । यो प्रकृतिको नियम हो । यो प्रक्रिया कसैले मन परेर गर्ने, रोकेर रोकिने चिज हैन । यो प्रकृति अनुसार नै भएको हुन्छ ।
  • अब हामी कुरा गरौं १५\१६\१७ यो उमेरमा बढी चञ्चल, मैले पनि गर्न सक्छु, म सक्षम हुन सक्छु , मैले भनेको पुग्नुपर्छ भन्ने जस्ता सोच आउँछन् । मनमा हलचल हुने तर राम्रो तरिकासँग नियन्त्रण गर्न नसकिने हुन्छन् । जस्तैः खाना पकाउन खोज्छन् , कपडा धुन खोज्छन् तर राम्रोसँग नियन्त्रण गर्न सक्दैनन् । यस्तै विपरित उमेर ८१\८२\८३ मा पनि बाचेकाहरु खाना पकाउन, कपडा धुन खोज्छन् तर राम्ररी नियन्त्रण गर्न सक्दैनन् । त्यसैले बुढाबुढीलाई यो उमेरमा हेप्नु हुन्न । यो प्राकृतिक कुराले गरेको हो । वृद्धवृद्धालाई खाना पकाउन, कपडा धुन दबाब दिनु हुन्न ।
  • ड्ड अब हामी कुरा गरौं १०\११\१२\१३\१४ वर्षको उमेर जुन हामीलाई बुबाआमाको मद्दत चाहिन्छ र अलिअलि मात्र काम गर्न सक्छौं । जस्तो ः कपडा लगाउने, खाना खान बुबाआमाको सहयोग, हरेक काममा सहयोग, अस्पताल जानमा सहयोग चाहिन्छ । हामी यो उमेरमा एक्लै काम गर्न सक्दैनौ । यस्तै ८४–८८ वर्ष भएका वृद्धवृद्धालाई छोराछोरी,बुहारीको मद्दत चाहिन्छ । कपडा लगाउन , खाना खान , अस्पताल जान हरेक काममा सहयोग बिना काम गर्न सक्दैनन् । यो प्रकृतिले पारेको कुरा हो । त्यसैले यति उमेर भएका बुढाबुढीलाई सहयोग गर्न परेमा रिसाउनु हुन्न ।
  • अब हामी कुरा गरौं जन्मिएदेखि १० वर्षसम्म जब १० वर्ष हुदा पनि हामीलाई दिसापिसाब गर्न सहयोग, पेट दुखेको, बिरामी भएको आफूलाई राम्ररी थाहा हुन्न, भोक नलागे पनि भोग लाग्छ, बाहिर हिँडडुल गर्न मन लाग्छ , कताकता गइन्छ थाहा हुन्न , ४÷५ वर्षतिर हामी अलिअलि बोल्न थाल्छौं, पढ्न थाल्छौं ,२\३ वर्षतिर हामी बिस्तारै बोल्न सिकेका हुन्छौं , हिँडडुल गर्न आमा बुवासँग थालेका हुन्छौं । १÷२ वर्षको उमेरमा त दूध मात्र खान्छौं अरु खाना खान्नौ यो उमेरमा यो मीठो त्यो नमिठो हुन्छ । २४ सै घण्टा बुवाआमाको साथ चाहिन्छ यो उमेरमा । ंत्यसैले ९०–१०० वर्षहरुका वृद्धवृद्धलाई दिसापिसाब गर्न सहयोग, बिरामी भएको नभएको आफैँले विचार गर्न नसक्ने, भोक नलागे पनि भोग लाग्छ ,बाहिर हिँडडुल गर्न सक्दैनन् , कता कता जान्छन् थाहा हुन्न । बिस्तारै ९२–९४ वर्ष बाँचेका बुढाबुढी बोल्न सक्दैनन् , हिँडडुल गर्न सक्दैनन् , झोल र दुध पदार्थ बाहेक खान सक्दैनन् , २४ घण्टा नै छोराबुहारी , छोरीको साथ चाहिन्छ ।
  • भन्छौं १–१० वर्षसम्म हुर्काउन गारो , १–२ वर्षको छोराछोरी कहिले ठूलो होलान् भने जस्तै ९६\९७ वर्षसम्म बाँच्न सफल बुढाबुढीको दिन अब १\२ वर्षमा सकिन्छ भन्ने अपवित्र शब्द मान्छेहरुले बोल्छन् ।
  • त्यसैले मानिसहरुले नबुझेर पिट्ने, हेप्ने , घरबाट लखेट्ने बुढाबुढीलाई गर्दछन् ।
  • त्यसैले यो सबै प्राकृतिक कुरा हो । कसैले चाहेर हुनु वा रोकिएर रोकिनु कुरो होइन् ।
  • आफूलाई सानो उमेरमा कसरी हुर्काए बुबाआमाले भन्ने सम्झिएर बुबाआमाको सेवामा लाग्नुपर्छ भन्ने सन्देश ।
  • यति तपाइँको बुवाआमाले पनि तपाइँलाई सानोमा पिटेर , हुर्काउन गाह्रो भएर घरबाट निकालिएको भए के हुन्थ्यो ।
  • त्यसैले यी कुराहरुबाट आशा छ तपाइँहरुले बुझिदिएर आजै देखि आफूमा भएका गल्ती कमीकमजोरीलाई सुधारेर आफ्नो बुढा भएका बुवाआमाको सेवामा लाग्नुहुन्छ भन्ने ।

(लेखक घिमिरे, नेपाल पोलिटेक्निक इस्टिच्युटमा सिभिल इन्जिनियरिङमा पढ्दै हुनुहुन्छ )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>