खैरहनी

खैरहनी नगरपालिकाका थप तीन कर्मचारीमा कोरोना

Banner

ध्रुवराज खनाल

चितवन, असोज १३–

चितवनको खैरहनी नगरपालिकाका थप तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप तीन जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा दुई जना नगरपालिका कार्यालय भित्र र एक जना वडा सचिब रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताउनुभयो । शर्माका अनुसार संक्रमित देखिएका उनिहरु एक साता अघि देखि होमक्वारेन्टिइनमा थिए ।

यसअघि सोमबार नगरपालिकाका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको थियो । यसअघि नगरपालिका दुइ जना वडा अध्यक्ष, दुई जना वडा सचिव, स्वास्थ्य संस्थाका ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना पुष्टि भैसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>