स्वास्थ्य
कोरोनाका सक्रिय संक्रमित २५ हजार कटे फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय
०

काठमाडौं असोज ७-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार भन्दा बढी भएमा लकडाउन गर्न सिफारिस गर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयमा बुधवार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम ९आइसीएस० को बैठकले जनस्वास्थ्यको मापदण्ड पालन गर्न नसकिने सबै सेवालाई एक महिना नखोल्न सिफारिस गर्ने पनि निर्णय गरेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। ‘संक्रमण बढिरहेकाले मापदण्ड पालन गराउन नसकिने सबै सेवा एक महिना नखोल्न सिफारिस गरिनेछ। कुनै दिन २५ हजार भन्दा बढि सक्रिय संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने।
आज सक्रिय संक्रमित १७ हजार ४ सय १४ रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























