Breaking News

भरतपुरको मुख्य बजार क्षेत्रमा बिधुतीय तार भूमिगत गरिँदै, एक अर्ब २० करोड लाग्ने अनुमान

Banner

चितवन, असोज ५-

भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बिधुतीय तार भूमिगत गर्ने तयारी गरिएको छ ।

यस योजना अन्तर्गत पहिलो चरणमा मुख्य बजार क्षेत्रको नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङ, केन्द्रीय बसपार्कदेखि बाइपास रोड हुँदै आँपटारीसम्म गरी दुईतर्फी गरी २६ किलोमिटर तार भूमिगत गर्ने तयारी गरिएको हो ।

भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले महानगरपालिकाको पहलमा गौरबको आयोजनाअन्तर्गत तार भूमिगतको काम गर्न लागिएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ डीपीआर तयार भयो । टेन्डर प्रक्रियाको काम सकिन ६ महिनाजति लाग्छ त्यसपछि टेन्डर भएर दुई वर्षमा सबै काम पुरा हुन्छ । यस योजनाले महानगरपालिकाले पनि प्राथमिकतामा राखेको छ ।’ उहाँले काठमाडौँबाहिर पोखरा र भरतपुर महानगरपालिकामा बिधुत्को तार भूमिगत गर्न लागिएको जानकारी दिनुभयो । एशिएन विकास बैँकको ऋण सहयोगमा एक अर्ब २० करोड अनुमानित लागतमा उर्जा मन्त्रालयले यो काम गर्न लागेको नगर प्रमुख दाहालले बताउनुभयो ।

यस आयोजनाको लागि नेपाल विद्युत् प्राधिकरणले विगत केही समय अगाडिदेखि अध्ययनको काम गरिरहेको थियो । यस योजनाको डीपीआरबारे छलफल गर्न काठमाडौँबाट उर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको एक टोली भरतपुर आएको थियो । टोलीले भरतपुरमा योजनाका सरोकारवालाहरुसँग दुई दिनसम्म छलफल गरेको थियो ।

अहिले पोल गाडेर तार टाङ्ने प्रचलन विद्युतीकरणको परम्परागत विधि हो र विकसित देशहरुले सबै तारहरु भूमिगत गर्न थालेको विद्युत् प्राधिकरण भरतपुरका प्रमुख सुरेश महतोले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ परम्परागत विधिअनुसार बिधुतीकरण गर्दा धेरै बेफाइदाहरु छन् । दुर्घटना, चोरी र बिजुली जाने समस्या थियो । अब भूमिगत भएपछि त्यस्तो हुँदैन ।’ यस विधिअनुसार बिजुलीको तारलाई जमिनमूनि डेढ मिटर तल गाडिन्छ । जसबाट शहरी सौन्दर्य पनि बढ्न जान्छ । भविष्यमा राजमार्ग बिस्तार गर्दा पनि खासै पोल सारी रहनुपर्ने बाध्यता पर्देन । यसका लागि विद्युत् प्राधिकरण भरतपुरले एक वर्ष अघिदेखि गृहकार्य गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>