चितवन विशेष

चितवन र नवलपुरका लियो क्लबको ‘हामी छौ–खाना अभियान’

Banner

चितवन असोज ४

कोरोना भाइरसको जोखिमका कारण जीवीकोपार्जनमा समस्यामा परेका मजदुर तथा बेसाहारालाई चितवन र नवलपुरका लियो क्लबले संयुक्क्त दैनिक रुपमा खाना खुवाइरहेका छन ।
दुई जिल्लाका २९ वटा लियो क्लबहरुले हरेक साझ खाना खुवाइरहेका छन् ।

विगत ११ दिनदेखि भरतपुर र नारायणगढका विभीन्न स्थानमा खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिइरहेको ‘हामी छौ–खाना अभियान’का संयोजक पुरुषोतम सुवेदीले जानकारी दिनुभयो ।

भरतपुरको चौबिसकोठी,पारसबसपार्क,भरतपुर अस्पताल लगायत नारयणगढको ओरालो, लायन्सचोक र आँपटारी जस्ता विभीन्न ठाउँमा दैनिक साझको समयमा प्याकिङ्ग गरिएको खाना बाडिरहेको संयोजक सुवेदीले बताउनुभयो ।
‘हामी छौ–खाना अभियान’बाट दैनिक २०० भन्दा बढीले खाना खाइरहेका छन् भने ११ औ दिनसम्म आइपुग्दा १ हजार ८ सय ३८ जना लाभान्भित भइसकेको उहाँले बताउनुभयो ।

महामारीको बीचमा कोहि भोकै मर्न नपरोस भन्ने उध्ेश्यले उनीहरुले खाना बाडिरहेको हुन्।

‘हामी छौ–खाना अभियान’ लाई निशेधाज्ञाको अवधिभर निरन्तरता दिने पनि सुवेदीले बताउनुभयो ।

खाना अभियानको लागि लियोको पत्यक्ष पहल तथा देश तथा विदेशबाट सहयोग आइरहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>