समाचार
काठमाडौँ उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि
०

काठमाडौं, असोज २-
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा एकैदिन संक्रमित हुनेमध्ये यो अहिलेसम्मकै उच्च संख्या हो।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा कोरोना पुष्टि भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























