Breaking News
नारायणगढ-मुग्लिन सडक आजपनि अवरुद्ध, केराबारी र घुमाउनेमा पहिरो
०

चितवन,असोज २-
नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार पनि अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी र घुमाउनेको बीचमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ५ बजेको समयमा खसेको पहिरो पन्छाउन चार/पाँच घण्टा समय लाग्ने देखिएको छ । उक्त सडक खण्डका अन्य दुई/तीन ठाउँमा साना पहिरा खसेका थिए । ती पहिरा भने पन्छाईएको छ । उक्त सडक खण्डमा दैनिकजसो पहिरो जाने क्रम रोकिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























