चितवन विशेष

भरतपुरको ११ नम्बर वडामा कोरोना बिमाको सिफारिस निःशुल्क

Banner

चितवन, भदौं २२-

स्थानीय तहले सिफारिस गर्दा धेरै रकम लिएको भन्ने गुनासो चलिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर ११ ले भने घरमानै बसेर कोरोना बिमाको निःशुल्क सिफारिस दिने व्यवस्था गरेको छ ।

कोही संक्रमित भएर आइसोलेसनमा बसेका, ट्रेसिङ्मा परेका, वडा कार्यालयल जान अप्ठ्यारो भएका र इन्टरनेट एवम् सामाजिक सञ्जालको पहुँचमा भएकाहरुलाई कार्यालय जानु नपर्ने भएको हो । वडा अध्यक्ष बाबुराम अधिकारीले यो विषम परिस्थितिमा वडाबासीलाई सकेसम्म सजिलो पारिने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी कोरोना बिमाको सिफारिस निःशुल्क गर्छौ । आवश्यक कागज पठाउन सक्नुहुन्छ भने कार्यालय आउनु पर्दैन ।’ बिहान सबेरैदेखि राति अबेरसम्म कोरोना नियन्त्रण अभियानमा जुट्दै गर्दा पनि रोग नियन्त्रण गर्न नसकिएको भन्दै उहाँले वडाले दिने सेवा सुविधा र सहयोगका लागि सधै तयार रहेको बताउनुभयो ।

सबैको साथ र सहयोगले मात्र रोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । वडा सचिव ओमप्रकाश न्यौपानेले कोरोना बिमाका लागि नागरिकता वा बच्चाको जन्मदर्ता इमेल वा सामाजिक सञ्जाल मार्फत् पठाएमा सिफारिस घरमानै पठाइने बताउनुभयो । नागरिकता बाहिरको भएमा सम्बन्धित टोलको सिफारिस पनि आवश्यक हुने उहाँको भनाइ छ ।

अन्य कामका लागि पनि सम्भव भएसम्म सहजीकरण गरिएको उहाँले बताउनुभयो । स्थानीय तहको सिफारिसमा ३०० तिरेर एक लाखको कोरोना बिमा गर्न सकिन्छ । सिफारिस नभएमा सोही बिमाको शुल्क ६०० पर्छ । जिल्लामा सबै भन्दा बढी संक्रमण भरतपुर महानगरमा रहेको छ । महानगरको पनि अत्यधिक संक्रमित भएको वडा भरतपुर ११ हो । सो वडामा हाल सम्म ५ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>