देश/प्रदेश

वाग्मती प्रदेश सरकारले विभिन्न जिल्लाका अस्पताल स्तरोन्नती गर्ने

Banner

हेटौंडा, भदौं १६

वाग्मती प्रदेशले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो । ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । हाल दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन् ।

यसैगरी पर्यटन व्यवसायको इजाजत नविकरण तथा जरिवाना\विलम्ब दस्तुरमा छुट दिने पनि निर्णय गरेको छ । बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संशोधन) निर्देशिका–२०७७, दूध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्वीकृत गर्ने गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री ढुंगेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>