Breaking News
चितवनका अस्पताललाई प्रशासनको निर्देशनः बिरामीलाई आकस्मिक सेवाबाट बञ्चित नगर्नू

चितवन, भदौ १६-
जिल्ला प्रशासन कार्यालय, चितवनले बिरामीलाई आकस्मिक सेवाबाट बञ्चित नगर्न निर्देशन दिएको छ। आइसियू र भेन्टिलेटर नभएको भन्दै अस्पतालले बिरामीको उपचार नै सुरू नगरेको समाचार सार्वजनिक भएपछि प्रशासनले जरूरी सूचना जारी गर्दै अस्पतालहरूले आइसियू र भेन्टिलेटर खाली नभएको अवस्थामा पनि आकस्मिक कक्षमा राखेर उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो।
प्रशासनले सम्पूर्ण अस्पतालले अबदेखि आइसियू शैय्या र भेन्टिलेटर भरिएको वा खाली रहेको संख्या हरेक दिन बेलुका पाँच बजे सार्वजनिक गर्नुपर्ने र सोको विवरण प्रशासनलाई दिनुपर्ने भनेको छ। सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बिरामी ‘रिफर’ गर्नुपूर्व रिफर गरिने अस्पतालमा शैय्या खाली भए/नभएको यकिन गर्न आग्रह गरेको छ । साथै,प्रशासनले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित हुनेगरी कुनै पनि गतिविधि नगर्न आग्रह पनि गरेको छ।
























