चितवन विशेष

नेता चापागाइँको निधनमा नेकपा चितवनद्वारा शोक व्यक्त

Banner

चितवन, भदौं १५-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले जिल्लाका पुराना कम्युनिस्ट नेता शोभाखर चापागाइँको निधनमा शोक व्यक्त गरेको छ ।

पार्टीले सोमबार एक विज्ञप्ति प्रेषित गर्दै ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनका सदस्य भरतपुर वडा नं. ६ निवासी पुराना वामपन्थी नेता शोभाखर चापागाईंको सोमबार भएको निधनले सिंगो पार्टी स्तब्ध र मर्माहत बनेको उल्लेख गरिएको छ । विज्ञप्तिमा उहाँ केही दिनअघि कोभिड–१९ बाट संक्रमित भई भरतपुर अस्पतालमा उपचारत रहेको जनाइएको छ ।

विज्ञप्तिमा शोभाखर चापागार्इं २०३४ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्र जिल्ला संगठन कमिटी चितवनको संस्थापकमध्ये एक रहेको उल्लेख छ । २०३५ सालमा कोअर्डिनेशन केन्द्र तत्कालीन नेकपा मालेमा रुपान्तरण गरीे चितवन जिल्ला संगठन कमिटी गठन हुँदासमेत उहाँ सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

चितवनको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका शोभाखर चापागांई चितवनको दुग्ध उत्पादनमा अग्रणी संस्था अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक रहेको पार्टीले जनाएको छ । उहाँ विभिन्न शैक्षिक संस्था, सहकारी क्षेत्र र सामाजिक क्षेत्रमा समेत सक्रिय कमरेड चापागांई गाईपालक श्रमजीवी किसानको रुपमा समेत आफ्नो परिचय बनाउनुभएको पार्टीले जनाएको छ । शोभाखरको निधनले पार्टीले एउटा कुशल अभिभावक र असल सामाजिक अभियन्ता गुमाएको नेकपा चितवनको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>