Breaking News
चितवनका कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु
०

चितवन, भदौं १५–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर–६, केशरबागका ७८ वर्षीय पुरुषको आज (सोमबार) विहान ७ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए । ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा गम्भिर समस्या भई ती पुरुषलाई भदौं ६ गते भरतपुर अस्पताल ल्याइएको थियो ।
अवस्था जटिल हुँदै गएपछि उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । यससंगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























