प्रवास
क्यानडामा ब्लड डोनार्स एसोसिएसन गठन गरिने

सन्दिप पौडेल,
क्यानडा,भदौं १४-
रक्तदान र यस क्षेत्रका सरोकारवालाको सहभागितामा ब्लड डोनार्स एसोसियसन क्यानडा गठन गरिने भएको छ । गत शनिवार क्यानडामा भएको भर्चुअल बैठकले क्यानडामा ब्लड डोनार्स एसोसियसन गठन गर्ने निर्णय गरिएको हो । एनआरएनए रक्तसंचार समितिका श्रोत व्याक्ति एवं एनआरएनए क्यानडाका स्वास्थ्य संयोजक शुरेसराज गौतमको संयोजनमा भएको कार्यक्रममा एनआरएनए रक्तसंचार समितिका सहसंयोजक अर्जुन प्रसाद मैनालीले विदेशमा रक्तदान सेवा, र यस सम्वन्धि अन्य क्षेत्रमा काम गर्न संस्था आवस्यक रहेको बताउनुभयो ।
एनआरएनए आइसीसी सदस्य गोपिकृष्ण काफ्लेले २०१३ बाट क्यानडाको नेपाली समुदायमा रक्तदान सेवा शुरु भएको बताउँदै रक्तदानसंग सम्वन्धित व्याक्ति सहभागि संस्था आवश्यक रहेको प्रष्ट पार्नुभयो ।
एनआरएनए क्यानडाका अध्यक्ष चिरन घिमिरेले रक्तदान सेवा सवैभन्दा ठुलो मानवसेवा भएकाले यसलाई एनआरएन क्यानडाबाट टाढा राख्न नहुने धारणा राख्नुभयो । उहाँले रक्तदानको क्षेत्रमा हुने हरेक कार्यमा एनआरएनए क्यानडाको सहयोग रहने बताउनुभयो ।
एनआरएन क्यानडाको गुगल मिट मार्फत भएको छलफलमा संस्थाका महासचिब पिताम्वर भट्टराईले नेपालको रक्तसंचार सेवाको गुणस्तर बृद्धिका लागी रक्तसंचार टिम र एनआरएन क्यानडाले गरेको कार्य उदाहरणिय रहेको बताउँदै यस क्षेत्रका हरेको कार्यहरुमा आफ्नो संलग्नता र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एनआरएनए रक्तसंचार समितिका प्रचारप्रसार संयोजक दिपक गौतमले रक्तदान मात्र नभएर यस सम्वन्धि जनचेतना तथा नेपालमा प्रविधि हस्तान्तरणको सम्मको लक्ष्य राखेर संस्था निर्माण गर्नुपर्ने बताउनुभयो । रक्तदाता, रक्तदानको क्षेत्रमा योगदान गरेका र यो विषयमा विज्ञता हासिल गरेका व्याक्हिरुको संलग्नतामा संस्था निर्माण गर्दा उपयुक्त हुने विचार राख्नुभयो ।
छलफलमा अन्तर्राष्ट्रिय नेपलिज ब्लड डोनार्स एसोसियसन (आइएनविडिए)का सल्लाहकार गोविन्दसिंह राउत, आइएनविडिएका कार्यकारी सदस्य निरन्जन पौडेल, रक्तदाताहरु लीलानाथ पाण्डे, विवेक पाण्डे, सन्दिप पौडेल लगायतले रक्तदानको महत्व र संस्था गठनको आआफ्नो विचार राख्नुभएको थियो । भर्चुअल मिटिडमा अनुप न्यौपाने र राजु बरालको पनि उपस्थिति थियो ।
छलफलमा सहभागीको रायपछि सवैभन्दा धेरैपटक रक्तदान गर्ने नेपाली रक्तदाता एवं अभियन्ता अर्जुन मैनालीेले एनआरएनए क्यानडाका स्वास्थ्य संयोजक शुरेस राज गौतमले व्लड डोनार्स एसोसिएसन क्यानडाको संयोजन गर्न प्रस्ताव गर्नुभएको थियो । सोहि अनुरुप गौतमको संयोजकत्वमा संस्था निर्माण गरिने भएको हो ।
संस्थाको सल्लाहकारमा गोपिकृष्ण काफ्ले गोविन्दसिंह राउत, चिरन्जीवि घिमिर र निरन्जन पौडेल लाई राख्ने सहमति भएको छ । हालका लागी एनरआरएन क्यानडा तथा रक्तसंचार समिति एवं अन्य संस्थाहरुको सहयोगमा रक्तदान कार्यलाई व्यवस्थित गर्दै निरन्तरता दिने र अर्को बैठक आयोजना गरेर अन्य सदस्य एवं पदाधिकारी चयन गर्ने गौतमले जानकारी दिनुभयो ।
























