कर्पोरेट

क्लासिक टेकमा ढुक्कसँग टिकटक चलाउन सकिने कम्पनीको दाबी

Banner

चितवन, भदौं १४-

नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढेसँगै जुलाइको अन्त्यदेखि समस्याहरु भोगिरहेको भनिएपछि क्लासिक टेकमा त्यस्तो समस्या नभएको कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । कम्पनीले अन्य इन्टरनेट सेवा प्रदायकहरुका प्रयोगकर्ताहरुले टिकटकमा समस्या भोगिरहेको भएपनि क्लासिक टेकका प्रयोगकर्ताहरुले भने ढुक्कले टिकटक चलाइरहेको जनाएको छ । उत्कृष्ट इन्टरनेट सेवा प्रदान गरिरहेको क्लासिक टेकले ग्राहकहरुको मागअनुसार आफ्नो प्राविधिक क्षमतालाई चुस्त र दुरुस्त राख्दै आएको कम्पनीको दाबी छ ।  सामान्य अवधिमा होस वा इन्टरनेट प्रयोगको पिक आवरमा क्लासिक टेकका ग्राहकहरु सहजरुपमा नै टिकटक सेवा चलाइरहेको कम्पनीले जनाएको छ ।

यसको लागि कम्पनीले आकामाईको सर्भरबाट टिकटक कन्टेन्ट ब्याण्डविथ व्यवस्थापन गरिरहेकोले ग्राहक भन्दा दोब्बर ग्राहकहरुको ट्राफिक धान्ने सर्भर रहेको कम्पनीले जनाएको छ । यस बाहेक कम्पनीसँग उच्च क्षमताका १२ वटा आकामाई लगायतका सर्भरहरु यसै साताभित्रै कम्पनीमा आईपुग्ने विज्ञप्तिमा उल्लेख छ । ‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन् र अहिले पनि कुनै समस्या छैन्, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएको छ । हामी हाम्रा सेवाग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ क्लासिक टेकले भनेको छ । कम्पनीले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>