शिक्षा

एसईईमा नम्बर कम दिएको भन्दै तीन विद्यार्थीले कुटे शिक्षकलाई

Banner

सिन्धुली भाद्र १४,

सिन्धुलीमा एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै विधार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई कुटेका छन ।

त्याहाँको एक सामुदायिक विद्यालयका तीनजना विद्यार्थीहरुले आइतबार कुटपिट गरेका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।

शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक झलक दाहालले बताए ।विधार्थीको मुक्का प्रहारबाट प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । रिजल्ट सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनाइ छ ।

दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् । ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>