समाचार
वीरगञ्जमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
०

वीरगञ्ज, भदौ १३–
पर्साको नारायणी अस्पतालमा ४४३ स्वाबको पीसीआर परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण देखिनेमा १५ वर्षका किशोरदेखि ५६ वर्षसम्मका ४५ जना पुरुष र पाँचजना महिला रहेका छन् । संक्रमण देखिनेमा पर्साका ३१ जना छन् ।
जसमध्ये पोखरिया नगरपालिकाका १० र कालिकामाई गाउँपालिकाका तीनजना छन्। यस्तै बाराका ८ जना, धनुषाका ४, महोत्तरीका ३, रौतहटका एक, सर्लाहीका २ र काठमाडौँका एकजनामा कोरोना संक्रमण देखिएको छ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























