चितवन विशेष

पुष्पाञ्जली अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था गम्भिर

Banner

चितवन, भदौं ९–

भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको छ । सोमबार राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको अवस्था गम्भिर रहेको छ ।

आज (मंगलबार) अस्पतालले एक विज्ञप्ती जारी गर्दै संक्रमित पुरुषको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको जनाएको छ । ती संक्रमित पुरुषको अवस्था गम्भिर रहेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेले जानकारी दिए ।

यही भदौं ५ गते विहान १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएका ती पुरुषको आइसीयूमा राखेर उपचार सुरु गरिएको हो । उनको तत्कालै कोरोना परीक्षणका लागि स्वाब संकलन गरि प्रयोगशाला पठाउँदा सोमबार राति रिपोर्ट पोजिटिभ आएको थियो ।

हाल पुष्पाञ्जली अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ । यसअघि साउन ३० गते कोरोना पोजिटिभ पुष्टि भएका रत्ननगर–९, टिकौलीका ६१ वर्षीय पुरुषको अहिले पनि आइसीयू कक्षमै उपचार भइरहेको छ । उनको दोस्रो पटक भदौं ५ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पुनः पोजिटिभ आएको थियो । उनको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>