चितवन विशेष

नेपाली सम्पदा झल्किने टेस्लाको नयाँ मोडेलको एसी बजारमा आउँदै

Banner

चितवन, भदौं ६–

नेपाली सम्पदालाई झल्किने गरी भू–लक्ष्मी ग्रुपले टेस्लाको नयाँ मोडेलका एयरकण्डिसनहरु बजारमा ल्याउने भएको छ । धरहरा, स्वयम्भुनाथ स्तुपालगायतका प्रख्यात सम्पदाहरुका प्रतिछाँया अङ्गिकार गरिएको टेस्लाको नयाँ मोडेलका एयरकण्डिसनर बजारमा आउन लागेको हो ।

यस मोडेलका एसीलाई छिट्टै नेपाली बजारमा भित्र्याईने भू–लक्ष्मी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण आचार्यले जानकारी दिए । उनले भने–‘हाम्रा महत्वपूर्ण सम्पदाहरु एसीमा देख्न पाइने छ, यसले नेपाली पनको झल्को दिन्छ ।’ नयाँ मोडेलको एसीले नेपाली ग्राहकको मन जित्नेमा आचार्यले विश्वास व्यक्त गरे ।

यस मोडेलका एसी बजारमा आएपछि ‘टेस्ला’ साच्चिनै नेपाली ब्राण्ड हो भन्ने कुराको प्रमाणित गर्नेमा कम्पनिले विश्वास लिएको छ । यस एसीमा पनि जापानिज कम्प्रेसर जडान गरिएको छ । नयाँ मोडेलको यस एसीबाट कोठाको तापक्रम बस्नको लागि आरामदायी बनाउने छ ।
नयाँ मोडेलका टेस्ला एसीले नेपाली मोडेलको झल्को मात्र दिने छैन घर वा अफिसको सुन्दर भित्रमा सजिँदा नेपालीपनको गौरबलाई समेत बढाउने कम्पनिको विश्वास छ ।

नयाँ मोडेलको यस एसीको अन्य विशेषतामा कम उर्जा खपत हो । यसमा उर्जा खपतको अनुपात ३ः५३ रहेको छ । यसले पनि टेस्ला उर्जामैत्री एसी रहेको प्रमाणित गर्दछ । नयाँ मोडेलका एसीहरुमा अन्य एसी जस्तो कोठोको तापक्रम अनुकुल हुन आधा घण्टासम्म पर्खनु पर्ने छैन । यसको टर्बो विशेषताले कोठाको तापक्रमलाई तुरुन्तै परिवर्तन गर्ने कम्पनितले जनाएको छ ।

यस एसीको अर्को फाइदा भनेको स्वचालित हो । यसको अर्थ एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउछ । यसको केही समयपछि यस एसीले कोठाको परिवर्तित तापक्रम अनुसार आफै काम गर्न थाल्छ । त्यसैले कोठाको तापक्रम घटबढ हुँदा आफैले एसी मिलाउनु पर्ने झन्झटबाट पनि छुटकारा दिन्छ ।

यस नयाँ एसीमा शतप्रतिशत तामाको तार प्रयोग गरिएको छ । जसले गर्दा यसको चिस्यान र तापमान क्षमता उच्च रहेको छ । अन्य एसी भन्दा केही महंगो मूल्य लाग्ने गरे पनि दीर्घकालिन प्रयोग र उच्च गुणस्तरको लागी उत्तम विकल्प रहेको कम्पनिको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>