चितवन विशेष

चितवनमा ५२ किलो गाँजासहित तीन जना पक्राउ

Banner

चितवन, भदौं ६–

चितवनमा ट्रकमा लुकाई राखिएको लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको टोलीले आज (शनिबार) विहान ५२ किलो १२५ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक धादिङको थाक्रे गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का ईन्द्रबहादुर तामाङ, ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय दोर्जे तामाङ र चितवनको भरतपुर महानगरपालिका वडा नं. २४ बस्ने ६१ वर्षीय पदम बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

आज विहान ९ः१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय चनौली चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर–१९, स्थित सडकमा भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा ३ ख ७९५८ नं.को ट्रक रोकी शंका लागी चेकजाँच गर्दा सो ट्रकको पछाडीको भागमा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध (गाँजा) ५१ किलो एक सय ग्राम बरामद गरेको थियो ।

ट्रकका चालक ईन्द्र बहादुर र सोही गाडीमा सवार दोर्जे तामाङलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा सो लागूऔषध भरतपुर महानगरपालिका वडा नं.२४ का ६१ वर्षीय पदम बहादुर तामाङले मगाएको भन्ने खुलेपछि प्रहरीले ती तामाङलाई खोज्दै जाँदा घरमा फेला पारेको थियो । उनको घरमा खानतलासी गर्दा कोठामा लुकाई राखेको अवस्थामा लागू औषध (गाँजा) १ किलो २५ ग्राम फेला परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>