समाचार

कोरोना संक्रमणबाट पर्सामा थप दुई पुरुष जनाको मृत्यु

Banner

काठमाडौं, भदौ ६-

कोरोना संक्रमणको कारण पर्साको वीरगञ्जमा थप दुई जना पुरुषको मृत्यु भएको छ।

पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो।

वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनीहरुको वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए।

उनीहरु दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभएको पारिवारिक श्रोतले जनाएको छ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>