चितवन विशेष

रत्ननगरका मेसु डा.बगालेले जिते कोरोना

Banner

चितवन, भदौं ६–

रत्ननगर बकुलहर अस्पताल टाँडीका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

भरतपुर अस्पतालबाट स्वाब दिएका ३९ वर्षीय डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यही कोरोनाका कारण डा.बगालेले स्थानीयबाट दुव्र्यवहारको शिकार भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>