Breaking News
क्यान्सर अस्पतालका थप तीन जना नर्समा कोरोना संक्रमण

चितवन, भदौं ५–
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत थप तीन जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा क्यान्सर अस्पतालको मेडिकल, गाइने र थोरासिक वार्डका तीन जना नर्समा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्मा पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । संक्रमित नर्सहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
यसअघि क्यान्सरका ७ जनामा संक्रमण पुष्टि भएको थियो । योसंगै क्यान्सरमा कोरोना संक्रमित नर्सको संख्या १० पुगेको छ । यसअघि तीन जना सफाई कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै बिहीबार राति नै गरिएको परीक्षणमा क्यान्सर अस्पतालमै उपचाररत पर्वत, पर्सा र मकवानपुरका एक जना बिरामीमा पनि संक्रमण पुष्टि भएको छ ।
चितवनमा बिहीबार राति कुल २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये २२ जना चितवनका छन् ।
यो पनि पढ्नुहोस्ः
चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि
चितवनमा कोरोना संक्रमित नर्स भन्छिन्ः घर जान छाडेँ, अस्पताल जान छाडिन























