कर्पोरेट

एनआईसी एशिया बैंकद्वारा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था

Banner

चितवन, भदौं ४

कोरोनाको महामारीको जोखिमलाई कम गर्न देशका विभिन्न स्थानका ग्राहकमा पर्नसक्ने असुविधालाई मध्यनजर गरेर एनआईसी एशिया बैँकले डिजिटल ग्राहक सहायता केन्द्रको व्यवस्था गरेको छ ।

बैंकले बिहीबार विज्ञप्तिमार्फत् सो सेवाबारे जानकारी गराएको हो । निषेधाज्ञा र लकडाउनले बैँकका सीमित शाखाहरू मात्र सञ्चालनमा आएकोले सो व्यवस्था गर्नु परेको बैँकले विज्ञप्तिमा जनाएको छ । यस असहज अवस्थाका बीच ग्राहकको सुविधाका लागि आइतबारदेखि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा शुक्रबार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंकिङ सेवा दिइने बैँकले जनाएको छ । उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा यस बैँकको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत गराइने व्यहोरा बैँकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैँकले सेवासम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवम् ग्राहक महानुभावहरूको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्नका निम्ति केन्द्र एवम् प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, ज्भ्ीए टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत बैँकले अनुरोध गरेको छ ।

‘कोरोनासँगको लडाइ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ डिजिटल बैंकिङलाई जोड दिइरहेको छ । यस बैँकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङलगायत विद्युतीय बैंकिङ माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाइ टिकट, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि प्राप्त गर्न सक्ने बैँकको विज्ञप्तिमा उल्लेख छ ।

साथै, घरमै बसी खाता खोल्ने, कर्जाको आवेदन दिने जस्ता सुविधा पनि बैंकले वेबसाइटमार्फत दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैँकले प्रोत्साहन गर्ने जनाएको छ । ग्राहकले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा सो सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि गर्न सक्ने बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>