चितवन विशेष

घरमै तीज मनाउन उपप्रमुख शाहको अनुरोध

Banner

चितवन, भदौं ३–

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले आफ्नै घरमा सुरक्षित साथ यस वर्षको तीज मनाउन सम्पूर्णमा आग्रह गर्नु भएको छ ।

चितवनमा कोरोनाको संक्रमण बढ्दै गएकोले सामूहिक खानपिनको कार्यक्रम नगरी आफ्नै घरमा रहेर परिवारसँग नै बसेर तीज मनाउन उहाँले आग्रह गर्नुभएको हो । सम्पूर्ण नारीहरुमा तीजको शुभकामना दिँदै उपप्रमुख शाहले कोरोनाबाट जोगिदै परिवारमै खुशी साटासाट गरेर मनाउन आग्रह गर्नुभएको हो ।

उपप्रमुख शाहले यसवर्ष कोभिड–१९ को विषम परिस्थ्तििमा विभिन्न सामाजिक संजाल, फोनलगातय माध्यमबाट आफ्नाहरु बिच तीजको पर्वको शुभकामना आदानप्रदान गर्न अपिल समेत गर्नुभएको छ । उहाँले कोरोनाको संक्रमणबाट जोगिन मास्क, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गरेर सुरक्षित रहन समेत अनुरोध गर्नुभएको छ ।

भाद्र शुक्ल तृतीयाका दिन नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज पर्व मनाइन्छ । यसवर्ष यही भदौ ५ गते शुक्रबार तीज पर्व मनाइदै छ ।

चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमितहरु रहेका छन् । चितवन प्रशासनले भदौं ५ गतेसम्म निषेधाज्ञा समेत लागू गरेको छ । भरतपुर महानगर–११ का एक जनाको कोरोना संक्रमणबाट नै मृत्यु समेत भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>