अन्तर्राष्ट्रिय
भारतमा एकैदिन ६५ हजार बढी कोरोना संक्रमित थपिए
०

काठमाडौं, भदौं ३–
पछिल्लो समय भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमितफेला पर्न थालेका छन् ।
वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६५ हजार २२ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २७ लाख ६६ हजार ६ सय २६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार ८९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार १४ पुगेको छ ।
त्यस्तै हालसम्म २० लाख ३६ हजार ७ सय ३ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























