इच्छकामना

चितवनको इच्छाकामनामा भूकम्पले क्षति भएका विद्यालय धमाधम निर्माण हुँदै

Banner

चितवन, साउन ३२ –

चितवनको इच्छाकामना गाउँपालिकामा भूकम्पले क्षति भएका चारवटा विद्यालय भवन निर्माणको काम सुरु भएको छ ।

इच्छाकामना गाउँपालिका अनुसार भूकम्पले क्षति पुगेका चार विद्यालयमा राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङ, जनप्रिय मावि काउँले, माझगाउँ मावि र खेतबारी राष्ट्रिय आधारभूत विद्यालय रहेका छन् । अहिले राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङ र खेतबारी राष्ट्रिय आधारभूत विद्यालयको भवन निर्माण भइरहेको गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले नारायणी अनलाइनलाई बताउनु भयो । अन्य दुई विद्यालयको पनि चार कोठे भवन निर्माणको लागि सम्झौंता भएर बसेको उहाँले जानकारी दिनुभयो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको यी स्कुलमा चार कोठे भवन राष्ट्रिय पुननिर्माण प्राधिकरण र जिल्ला शिक्षा समन्वय कार्यालयबाट प्रत्येक विद्यालयमा ७० लाखको लागतमा निर्माण हुन लागेको हो । विद्यालय निर्माणलाई गाउँपालिकाले पनि विशेष प्राथमिकताको कार्यक्रममा राखेको छ ।

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले ७० लाख रुपैयाँले नपुगेको अवस्थामा गाउँपालिकाले थप निर्माणमा सहयोग गर्ने विचार बनाएको बताउनुभयो । लकडाउन र निषेधाज्ञाको परवाह नगरी मजदुरहरुले सुरक्षाको उपाय अपनाउँदै काम गरिरहेकोले पनि समयमा विद्यालय निर्माणको काम सम्पन्न हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>