Breaking News

चितवनको क्यान्सर अस्पतालका ६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, साउन ३०-

चितवनको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पाँच जना महिला र १ जना पुरुष रहेका छन् । संक्रमित महिला २५ देखि ५२ वर्ष उमेर समूहका छन् भने एक ३५ वर्षीय पुरुष हुन् ।

संक्रमित ६ जना मध्ये चार जना अस्पतालमा कार्यरत कर्मचारी हुन् भने दुई जना अस्पताल बाहिरका हुन् । जसमध्ये एक जना नर्स र अन्य चार जना अटेन्डर हुन् ।

कुल १०० ओटा नमुना परिक्षण गर्दा उनिहरुमा कोरोना पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>