Breaking News
भरतपुरमा आज राति १२ बजेदेखि एक साता निषेधाज्ञा

चितवन, साउन २९–
चितवनमा दिन प्रतिनिदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै गएपछि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिइन् ।
आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरुसंग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् । बिहीबार साँझ भरतपुरका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
























