Breaking News

चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, साउन २८–

चितवनमा आज (बुधबार) साँझ थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिका वडा नं.६ का मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २० देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमै रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

यस्तै भरतपुर महानगरपालिका–७ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर अस्पतालबाट स्वाब परीक्षण गराएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज कुल २०३ वटा नमुना परीक्षण गरिएको थियो ।

मंगलबार गरिएको परीक्षणमा भने चितवनका १६ जनासहित २१ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>