Breaking News

चितवनको इच्छाकामनामा पहिलोपटक कोरोना संक्रमण

Banner

चितवन, साउन २८–

चितवनको इच्छाकामना गाउँपालिकामा पहिलोपटक कोरोना संक्रमण फेला परेको छ ।

शून्य संक्रमितको रुपमा जिल्लाको एक मात्र स्थानीय तहको रुपमा चिनिएको इच्छाकामना पनि अब कोरोना संक्रमित क्षेत्रमा परेको छ । योसंगै चितवनका सात वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।

इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकामा कोरोना संक्रमण खाता खुलेको हो । मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत इच्छाकामना–५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।

मंगलबा राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये चितवनकै मात्र १६ जना रहेका छन् । मंगलबार कुल ३१० नमुना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>