चितवन विशेष

नेपाली काँग्रेसले गठन गर्‍यो थप पाँच विभाग, चितवनका को–को परे ?

Banner

चितवन, साउन २६–

नेपाली काँग्रेसले थप पाँच वटा विभाग गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहितको धारा २५ (९) बमोजिम थप पाँच वटा केन्द्रीय विभाग गठन गरेका हुन् ।

काँग्रेसले सोमबार उद्योग व्यापार विभाग, आदिवासी जनजाति विभाग, नेपाली जनसम्पर्क समिति समन्वय विभाग, श्रमिक तथा ट्रेड युनियन विभाग र राज्य प्रशासन विभाग गठन गरेको हो ।

यी विभागहरुमा चितवनबाट चार जना मात्रै परेका छन् । यस्तै यसअघि नै गठन गरिएका विभागहरुमा भने एक जना चितवनका थपिएका छन् ।

सोमबार गठन गरिएको उद्योग व्यापार विभागको प्रमुखमा चिनकाजी श्रेष्ठ मनोनित भएका छन् भने उपप्रमुखमा पर्साका अनिल कुमार रुग्गटा र सचिवमा चितवनका दीर्घमान श्रेष्ठ मनोनित भएका छन् । श्रेष्ठ च्याम्बर अफ कमर्श चितवनका अध्यक्ष समेत हुन् । यसै विभागको सदस्यमा चितवनका किरण वली समेत मनोनित भएका छन् ।

यस्तै आदिवासी जनजाति विभागको प्रमुखमा सीता गुरुङ मनोनित भएकी छन् । यस विभागमा चितवनबाट कोही पनि परेका छैनन् । यस्तै नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा गोविन्द भट्टराई मनोनित भएका छन् भने सदस्यमा चितवनकी अञ्जनी श्रेष्ठ मनोनित भएकी छिन् । उनी संविधानसभा सदस्य समेत हुन् ।

यस्तै श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख शिवप्रसाद हुमागाई मनोनित भएका छन् । यस विभागमा चितवनबाट कोही पनि परेका छैनन् ।

त्यस्तै राज्य प्रशासन विभागको प्रमुख केशवकुमार बुढाथोकी मनोनित भएका छन् भने सदस्यमा चितवनकी ईन्द्रमाया लामा मनोनित भएकी छिन् ।

यसैगरी सभापति देउवाले यसअघि नै गठन गरिएका विभागहरु मध्ये तीन वटा विभागको उपप्रमुख समेत मनोनित गरेका छन् । सभापति देउवाले संगठन विभागको उपप्रमुखमा चितवनका पृथ्वीमान गुरुङ, स्थानीय तथा समन्वय विभागमा जुम्लाका हरिकृष्ण हमाल र वित्तिय तथा समन्वय विभागमा स्याङजाका केशवराज लम्साललाई मनोनयन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>