मौसम

न्यून चापीय रेखा नेपालतर्फ सर्दै, यी स्थानमा चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना

Banner

काठमाडौं, साउन २४-

मनसुनको न्यून चपाीय रेखा नेपालतर्फ नजिकिँदै गरेकाले देशभर वर्षाको मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।

बागमतीदेखि पश्चिम हिजै (शुक्रबार) साँझदेखि नै वर्षा भइरहेको र आज (शनिबार) रातिदेखि अझ बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

उनका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि रातिदेखि नै वर्षा भइरहेको छ। गत २० घण्टामा उपत्यकामा २९ मिलिमिटर वर्षा भएको माैसमविद् कँडेलले जानकारी दिइन्। यो भनेको मध्यम वर्षा हो। ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ।

महाशाखाको विशेष मौसम बुलेटिनमा भनिएको छ- शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक सर्ने सम्भावना देखिएकाले २-३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम विज्ञान विभागले शनिबार प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा समान्य देखि पूर्ण बदली रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको जनाएको छ ।

यसैगरी, दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>