समाचार

कोरोनाका कारण पर्सामा दुई जनाको मृत्यु, ज्यान गुमाउको संख्या १४ पुग्यो

Banner

काठमाडौं, साउन २१-

कोरोनाका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । बुधबार पर्सामा दुई जनाको मृत्यु भएको छ ।

बुधबार वीरगन्ज महानगरापलिका–१५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे निधन भएको र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले जनाकारी दिए ।

ती पुरुष मधुमेहका रोगी रहेको र पछिल्लो समय ज्वरो र खोकी देखिएको थियो।

उनको १८ गते स्वाब संकलन गरिएको र १९ कोरोना पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए।

युवतीलाई भने वान्ता आउनुका साथै झडापखाला लागेको थियो ।

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ भने वीरगन्जमामात्रै ८ जनाको ज्यान गएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>