Breaking News

माडीका चार मध्यवर्ती कार्यालयमा चेपाङ र सुकुम्बासीले लगाए ताला

Banner

राकेश चौधरी

चितवन, साउन १८–

चितवनको दक्षिणी भेग माडी नगरपालिकामा रहेका चार वटा मध्यवर्ती कार्यालयहरुमा चेपाङ र सुकुम्बासी समुदायले तालाबन्दी गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलाका चेपाङहरुको घर जलाएको तथा भत्काएको बिरोधमा आन्दोलित माडीका चेपाङ तथा सुकुम्बासी समुदायले आज (आइतबार) माडीका चारवटै मध्यवर्ती कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।

निकुञ्ज ऐन खारेज र कर्मचारीको रवैयाको बिरोध गर्दै उनीहरुले मध्यवर्तीको कार्यालयमा तालाबन्दी गरेका हुन् । मध्यवर्ती खारेजीको समेत माग गर्दै माडीको पाँचपाण्डव, बघौंडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको आन्दोलनका अगुवा राजकुमार चेपाङले जानकारी दिनुभयो ।

आन्दोलनका लागि बाँदरझुला, कुसुमखोला र माडीका अन्य सुकुम्बासी बस्तीहरुबाट ठूलो संख्यामा बाढीपिडीत, सुकुम्बासी र चेपाङहरु बसन्तपुर बजारमा भेला भएका थिए ।

कार्यालयमा तालाबन्दी गरेपछि उनीहरुले माडी नगरपालिका कार्यालय अगाडि धर्ना समेत दिएका थिए । सो क्रममा आन्दोलनका अगुवा राजकुमार चेपाङले निकुञ्जको ज्यादतीका कारण आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । सो क्रममा माडी नरपालिकाका मेयर ठाकुर ढकालले सम्बोधन गर्दै माडीबासीको समस्या समाधानका लागि आफू लागि परेको बताउनुभयो । उहाँले अब निकुञ्जविरुद्ध लड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

केहीदिन अघि पनि चेपाङ र सुकुम्बासी समुदायले बसन्तपुर बजारमा र्‍याली निकाल्नुको साथै नगरपालिकाको मुख्य गेटमै धर्ना दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>