Breaking News
परिस्थिति नियन्त्रण बाहिर गए फेरि लकडाउन गर्ने सरकारको तयारी

काठमाडौं,साउन १७-
कोरोनाको संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ। पछिल्लो समय कोभिड १९ का बिरामी बढ्दै गएको र परिस्थिति नियन्त्रण बाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए।
हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ,स्वास्थ्य मन्त्री ढकालले भने,पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेर भनेकै छौं।
वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको समेत उनले बताए। उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने बताए।























