धादिङ

धादिङमा प्रशासनबाट अन्तरजिल्ला जाने पास बन्द

Banner

धादिङ, साउन १६–

जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ ।

आज सूचना जारी गर्दै काठमाडौंलगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो । विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौँ प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ ।

अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारीसमेत सञ्चालनमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>